देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने प्रयास गरिरहेको छुः गगन थापा
काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशन उदघाटन समारोहको प्रमुख अतिथिका रुपमा निवर्तमान सभापति शेरबहादुर देउवालाई सहभागी गराउने प्रयास भइरहेको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित वडा अधिवेशनमा पुगेका थापाले आगामी १६ सोज १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा देउवाको सहभागिताका लागि आफूले पहल गरिरहेको बताए ।
