एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन बलियो बनेर आउँछः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकपछि पार्टी झन् सुदृढ एकताका साथ अघि बढ्ने दाबी गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान दिवस कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीभित्र देखिएका सबै प्रकारका समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे ।
