SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

नेपालमा लगानी विस्तार गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन् । उनले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताए ।