संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न एकजुट हुनुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज आयोजना गरेको कार्यक्रममा उनले संविधानका मूल मर्म र भावनालाई व्यवहारमा अनुवाद गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
