SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ: ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शक्तिहरु देशलाई पुनः अन्धकार युगतिर फर्काउने प्रयासमा जुटिरहेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थिति, विधि, पद्धति, प्रक्रियाबाट नभइ बलजफ्तीको तरिकाहरु अवलम्वन भइरहेको बताए ।