SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०३:२१ AM · 1 मिनेट पढाइ

सोमालियामा दीर्घकालीन खाद्य सुरक्षा र उत्थानशीलतामा लगानी गर्न डब्ल्यूएफपीको आह्वान

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले सोमालियामा दीर्घकालीन उत्थानशीलता, खाद्य सुरक्षा र पोषणलाई प्राथमिकता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ । डब्ल्यूएफपीले सोमालिया सरकार, दाता राष्ट्र तथा निजी क्षेत्रसँग सहकार्य गर्दै अल्पकालीन आपत्कालीन राहतभन्दा दीर्घकालीन समाधानमा जोड दिन आग्रह गरेको हो ।