जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ
कञ्चनपुर – प्रहरीले जुवातास खेल्दाखेल्दै ७ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–५ बनखेतस्थित भीमदत्त नगरपालिका–६ बस्ने ५३ वर्षीय शिवराज भट्टले सञ्चालन गरेको शिवशक्ति खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा शिवराज समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
