संस्कृति, प्रकृति र आत्मगौरवको संगम बन्दै आठपहरिया घरबास
धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठासको सङ्गम रहेको ठाउँ हो धनकुटाको स्याउले । धनकुटा नगरपालिका–३ मा पर्ने स्याउले पुगेपछि पर्यटन भनेको घुमफिरमात्रै नभएर जीवनशैली, परम्परा र पहिचानसँगको गहिरो सम्बन्ध रहेको महसुस हुन्छ ।
