न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र गतिमा
तनहुँ । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू दमौली ४०० केभी क्षमताको सवस्टेशनको भौतिक प्रगति ३६ प्रतिशत पुगेको छ । एमसिए नेपाल तनहुँका सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार आयोजनाको वित्तीय प्रगति भने १२ प्रतिशत रहेको छ । सवस्टेशन निर्माणको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ ।
