एक महिनामै २१ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब ५ करोड भित्रियाे रेमिट्यान्स
काठमाडौं चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा रेमिट्यान्स भित्रिनेमा २१.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान अवस्थाको रिपोर्ट अनुसार साउन महिनामा मात्र २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स भित्रिनेमा २९.९ प्रतिशतले बढेको राष्ट्र बैंंकले जनाएको छ ।
