SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

वार्षिक महंगी ५.६ प्रतिशत, विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ९६ अर्ब, कस्तो छ देशको अर्थतन्त्र ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।