SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

संविधान जारीको ११ वर्ष: सीमान्तकृत समुदायमा छाएको आशा

बाँके । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका सीमान्तकृत समुदायमा परिवर्तनको नयाँ उज्यालो र आशा छाएको छ । यहाँका कुचबधिया (पत्थरकट्टा), माहुत, चिडिमारलगायतका सीमान्तकृत तथा लोपोन्मुख अल्पसङ्ख्यक समुदायको  यसबीचमा राज्यका निकायमा प्रतिनिधित्व र पहुँच बढेको छ ।