SHARE
बिजनेस पाना · शुक्रबार​ २ असो २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्।  आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि उनी प्राधिकरण कै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए। श्रेष्ठ प्राधिकरण कै उप कार्यकारी निर्देशक थिए। सरकारले ल्याएको अध्यादेश मार्फत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पद मुक्त भएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना