SHARE
गोरखापत्र · शुक्रबार​ २ असो २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

आरुघाट–लार्के सडक तीन दिनदेखि अवरुद्ध, यात्रु जोखिममा

सुलीकोट (गोरखा), असोज २ गते । उत्तरी गोरखाको आरुघाट–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–३, उहिया बेसीस्थित अण्डाडाँडामा ठुला ढुंगा खसेर तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।