फिलिपिन्समा भीषण आँधी : ४ लाख विस्थापित, ३ जनाको मृत्यु
फिलिपिन्समा : गम्भीर उष्णकटिबन्धीय आँधी बुआलोईले प्रहार गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । देश अझै पनि यसअघि आएको सुपर टाइफुन रागासाको प्रभावबाट प्रभावित छ । दक्षिणी लुजोनको बिकोल क्षेत्रमा एक सय १० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमबाट उत्तरपश्चिम फैलिएको आँधीका कारण पर्खाल ढलेका, रूख उखेलिएका र छत उडाएका घटनामा तीन जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । मासबेट प्रान्तमा आश्रय लिइरहेका निर्वासितहरूले ठूलो क्षति बेहोरेका छन् ।
