SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०२:४८ PM · 1 मिनेट पढाइ

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको ९ करोड २५ लाख सहयोग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।