SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

श्रममन्त्री यादव र कतारका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव र नेपालका लागि कतारका राजदूत महामहिम मिशाल मोहम्मद अली अल–अन्सारीबिच आज द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा कतारमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा तथा नेपाल–कतार श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।