SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा, ड्रोन र बेलुन उडाए कारबाही हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन लगायतका वस्तु नउडाउन सर्वसाधारणलाई आग्रह गरेको छ । कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनुका साथै लेजर लाइट प्रयोग गर्नुले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने जनाएको हो ।