SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०३:४२ PM · 1 मिनेट पढाइ

मुस्ताङमा जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु न्याायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी: जलवायु न्यायका लागि साझेदारी’ मूल नारासहित आज मुस्ताङको घरपझोङ गाउँपालिकाले घरपझोङ जलवायु परिवर्तनसम्बन्धी ‘घरपझोङ घोषणापत्र’ जारी गरेको छ । घरपझोङ गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र–२०८३ जारी गरेका हुन् ।