SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

सुकुम्बासी स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ ।