महँगी र कालोबजारीमा सरकार चुक्यो : कांग्रेस सासद केसी
काठमाण्डु – नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले विपद्को आडमा अत्यधिक महंगी र कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद केसीले रसुवा बाढी पछि महँगी,कालोबजारी र ग्यास अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
