झापामा जङ्गली हात्ती मृत फेला
झापा । मेचीनगर नगरपालिकाको वडा नं ३ तेलपानीस्थित धानबारीमा जङ्गली हात्ती आज बिहान मृत फेला परेको छ । डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए । स्थानीयवासीले धानखेतमा बयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको उनले बताए ।
