पूर्वी डीआर कंगोको बुकाभुमा शोक, आगलागीका पीडितको अन्त्येष्टि
एजेन्सी । डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो)को बुकाभु शहरमा सोमवार शोक छाएको थियो । गत साता घना बस्तीमा भएको भीषण आगलागीमा ज्यान गुमाएका व्यक्तिहरूलाई अन्तिम बिदाइ दिन हजारौँ स्थानीय बासिन्दा भेला भएका थिए । स्मृति तथा श्रद्धाञ्जली समारोहमा शोकाकुल परिवारहरू आँशु र पीडासहित सहभागी भएका थिए ।
