SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

अफगानिस्तानको प्राचीन माटाका भाँडा बनाउने कला अस्तित्वको संघर्षमा

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको उत्तरमा रहेको इस्तालिफ जिल्लामा पुस्तौँदेखि चलिआएको माटाका भाँडा बनाउने परम्परा अहिले संकटमा परेको छ । करिब चार शताब्दीदेखि फस्टाउँदै आएको यो हस्तकला स्थानीय संस्कृति र धेरै परिवारको जीविकोपार्जनसँग जोडिएको छ । नूर अहमद आफ्ना बुबा र हजुरबुबाबाट विरासतमा पाएका औजार प्रयोग गर्दै हातैले कचौरा, थाल, कपलगायत विभिन्न भाँडा बनाउँछन् ।