बालेनलाई शंकरको प्रश्न: ग्यास दिन नसक्नेले कमजोरी ढाक्न फेक न्युजको खेती गर्ने ?
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकलाई खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुसमेत सहज रूपमा उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत सरकार आफ्नो कमजोरी ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम र फेक न्युजको खेती गरिरहेको आरोप लगाएका छन् ।
