अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुन्छ : मन्त्री घिसिङ
काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने उनको चेतावनी दिएका हुन् ।
