SHARE
मकालु खबर · शुक्रबार​ १० असो २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

जीवन बीमक संघको नयाँ कार्यसमिति गठन

काठमाडौँ । जीवन बीमक संघ नेपालले काठमाडौँमा सम्पन्न छैटौँ वार्षिक साधारण सभाबाट संघको नयाँ कार्यसमिति गठन गरिएको छ । सभाले सर्वसम्मत रूपमा प्रवीण रमण पराजुलीलाई अध्यक्षको रूपमा चयन गर्दै नयाँ कार्यसमितिको गठन गरेको हो । पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् ।