नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी ली. को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडौँमा सञ्चालक समितिको अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाद्वारा अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८१/८२ वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ ।
