भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका नयाँ प्रशिक्षक नवीन न्यौपानेले आगामी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन् । अक्टोबर २६ मा भारतको सिक्किममा हुने खेलको लागि न्यौपानेले ३५ सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
