SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

अर्थ मन्त्रालयको कार्ययोजनापछि शेयर बजारमा उछाल, एकै दिन ४८ अंकले बढ्यो नेप्से

काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०६३ ल्याएपछि शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से एकै दिन ४८.५७ अंकले बढेर बन्द भएको छ । नेप्से आज १.८७ प्रतिशतले बढेर २६३३.२६ विन्दुमा पुगेको छ । आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ ।