एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि ५ वर्ष बनाउनु पर्छ: क्यासिनो व्यवसायी
काठमाडौं । क्यासिनो व्यवसायीहरूले क्यासिनोको इजाजतपत्र हरेक वर्ष नवीकरण गर्ने व्यवस्था हटाई ५ वर्षको बनाउन माग गरेका छन् । उनीहरूले एउटै होटल परिसरमा एकभन्दा बढी क्यासिनो वा क्यासिनोका शाखा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था पनि स्पष्ट बनाउनुपर्ने बताएका छन् ।
