SHARE
पर्दाफास · सोमबार २९ भौ २०८३ ०३:३५ AM · 1 मिनेट पढाइ

बाढीले पुल बगाएपछि रसुवा–नुवाकोटमा फड्के र तुइन बनाएर आवागमन सुरु

रसुवा–नुवाकोट सडकखण्डमा बाढीले पुल बगाएपछि अवरुद्ध भएको पैदल आवागमनलाई सहज बनाउन वैकल्पिक फड्के र तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। फलाखु खोलामाथिको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सडकखण्डमा आवागमन प्रभावित भएको थियो।