SHARE
पर्दाफास · सोमबार २९ भौ २०८३ ०१:३३ AM · 1 मिनेट पढाइ

आज हरितालिका तिज, महादेवको पूजा आराधना गरी मनाइँदै

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित तथा अविवाहित महिलाहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ। विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ ।