SHARE
पर्दाफास · सोमबार २९ भौ २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

मिथिलाञ्चलमा क्षेत्रमा आज चौठ चन्द्र (चौरचन) पर्व मनाइँदै

मथिला क्षेत्रको लोकसंस्कृति, भ्रातृत्व र प्रकृतिपूजनको अद्वितीय प्रतीक मानिने चौठ चन्द्र (चौरचन) पर्व आज जनकपुरधामसहित मधेस प्रदेश तथा मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा चन्द्रमालाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चौरचन पर्व मुख्यगरी घरका महिलाहरूले निराहार व्रत बसेर मनाउँछन्।