भदौको करदाता उपहार योजनाका विजेता असोज १ गते छानिने
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।
