धितोपत्र बोर्डका कर्मचारीको आन्दोलनमा फियुनको ऐक्यवद्धता, स्वायत्तता कायम राख्न माग
नेपाल धितोपत्र बोर्डका कर्मचारीले सुरु गरेको आन्दोलनप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन) ले ऐक्यवद्धता जनाएको छ । संघका महासचिव विकास श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डमा भईरहेको विरोधका कार्यक्रमहरुमा संघ तथा संघसंग आवद्ध सम्पूर्ण प्रतिष्ठानस्तरका ट्रेड युनियनहरुको तर्फबाट ऐक्यबद्धता जाहेर गरेका हुन्।
