SHARE
प्रदेश खबर · शुक्रबार​ २६ भौ २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

प्रभु बैंकका सञ्चालक र कर्मचारीले बाढीपीडितका लागि दिए ४० लाख ८० हजार

काठमाडौँ : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन्।