बाढी प्रभावित नुवाकोट–रसुवामा राहत बाढ्न एमाले टोली परिचालन, अध्यक्ष ओलीद्वारा बिदाइ
काठमाडौं । नेकपा (एमाले) ले बाढी तथा पहिरोबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि आफ्नो विशेष टोली खटाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीका तर्फबाट परिचालन हुन लागेको उक्त टोलीलाई आवश्यक निर्देशनसहित बिदाइ गरेका छन् ।
