वैकल्पिक बाल संरक्षणमा नेपालको नयाँ कदम: हेरचाहको अन्तर्राष्ट्रिय वर्गीकरण कार्यान्वयन हुँदै
काठमाडौं । जैविक वा कानुनी अभिभावकसँग बस्न नसक्ने बालबालिकाको तथ्याङ्कलाई अन्तर्राष्ट्रिय रूपमा एकरूप, विश्वसनीय र तुलनायोग्य बनाउन नेपालले ‘बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण’ लागू गर्ने भएको छ ।
