SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

न्यूयोर्कमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ विशेष साइड-इभेन्ट आयोजना गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी २४ सेप्टेम्बरमा सम्बोधन गर्ने भएका छन् । विश्वभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुने महासभाको उच्चस्तरीय ‘जनरल डिबेट’मा सहभागी हुन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय भएको छ ।