SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०३:३३ AM · 1 मिनेट पढाइ

डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज

तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए ।