SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ । केन्द्रले सो अवधिमा विभिन्न प्रजातिका तीन सय ३३ बाख्रा उत्पादन गर्ने लक्ष्य राखेकामा चार सय ११ बाख्रा उत्पादन गरेको केन्द्रप्रमुख राजु कँडेलले जानकारी दिए ।