राष्ट्रियसभा अध्यक्षद्वारा संसद् भवनको अवलोकन
काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेका छन् । बुधबार उनले भदौ २४ गतेको आगजनीबाट क्षति भएको संसद् भवनको अवलोकन गरेका हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा संसद् भवन जलेर ध्वस्त भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
