जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा
मुस्ताङ । मुस्ताङमा यही भदौ ३० र ३१ गते हुने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ । विश्वकै चिन्ता र चासोको विषय बनिरहेको जलवायु परिवर्तनको प्रभाव र स्थानीय समुदायम पुर्याएको असरलगायतका विषयमा साझा अवधारणा तयार गर्न स्थानीय घरपझोङ गाउँपालिकाले जलवायु सम्मेलनको तयारी गरेको हो ।
