SHARE
काठमाण्डुपाटी · बुधबार ८ असो २०८२ ०४:०३ PM · 1 मिनेट पढाइ

काठमाण्डुका सीडीओ रिजालको सरुवा, अब पौडेललाई जिम्मेवारी

काठमाण्डु – गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई सरुवा गरेको छ । मन्त्रालयले काठमाण्डुको नयाँ सीडीओमा सहसचिव ईश्वरराज पौडेललाई जिम्मेवारी दिएको छ । जेनजी आन्दोलनका बेला सीडीओ रिजालको आलोचना भएको थियो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले काठमाण्डुको सीडीओमा पौडेललाई बुधबारको मन्त्रिस्तरीय निर्णयबाट खटाइएको जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी