सेनाले बोलायो पृतनापति सम्मेलन, सुरक्षा चुनौती बढ्दै गएको निष्कर्ष
रोशन खड्का, काठमाण्डु – नेपाली सेनाले पृतनापतिहरूको सम्मेलन बोलाएको छ। मुलुकमा सुरक्षा चुनौती बढ्दै गएको निष्कर्ष निकाल्दै सेनाले बिहीबार पृतनापतिहरूको समन्वयात्मक बैठक राख्ने निर्णय गरेको हो। सम्मेलनमा सातै प्रदेशका प्रमुखहरू सहभागी हुनेछन्। साथै, सैनिक मुख्यालयमा कार्यरत जर्नेलहरू पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
