नयाँ अनुहार आउँदैमा नयाँ राजनीति हुँदैन, परिणामबाट सरकारको मूल्यांकन हुन्छ: परियार
काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले नयाँ अनुहार सरकारमा आउँदैमा मात्रै नयाँ राजनीति स्थापित नहुने बताएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै परियारले सरकार परिवर्तनभन्दा शासनको चरित्र परिवर्तन महत्वपूर्ण रहेको बताएका हुन् ।
