SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनः स्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालन, पुनर्निर्माण र पुनः स्थापनालगायत कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा मुलुकको क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिए ।