SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकले ल्यायो ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा सवारी कर्जा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ तथा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ। ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित सार्वजनिक गरिएको घर कर्जाको ब्याजदर पाँच वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ। त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जाको ब्याजदर तीन वर्षसम्म स्थिर रहनेछ।