बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा सिद्धार्थ बैंकका ग्राहकलाई १० प्रतिशत छुट
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले ललितपुरस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि सिद्धार्थ बैंक र बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
